माओवादी महाधिवेशन

पानसमा बत्ती बालेर प्रचण्डले गरे महाधिवेशनको उद्घाटन 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा जारी महाधिवेशनको प्रचण्डले उद्घाटन गरेका हुन्। उनले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिती रहेको छ। 

प्रकाशित मिति: : 2021-12-26 16:03:00

प्रतिकृया दिनुहोस्