फिकुरीको सेतो गोरेटो

शिलापत्र

काठमाडौँ

अशोक सिलवाल

झरी एकाएक गायब भयो । यत्रतत्र फुरुरु हिउँ पर्न थाल्यो । गोरेटो सेतो भयो । गुराँसका बोटहरूमा हिउँ फुल्न थाले ।

दिनभरको थकानलाई भुल्दै हामी हिपहिप हुर्रे गर्न थाल्यौँ । हामी जीवनकै सर्वाधिक सुन्दर क्षणमा पुगेझैँ भएका थियौँ ।

त्यति बेला हामी ज्याउदाको तालनजिकै पुगेका थियौँ । अलि माथि उक्लेपछि भेडीखर्क पुगिन्छ । फिकुरी डाँडा पुग्न त्यहाँबाट आधा घन्टा पनि लाग्दैन । 

थोरै उक्लेर बायाँ हेर्दा ज्याउदाको ताललाई हिउँले घुम्टी ओढाइसकेछ । त्यो देखेर शायद धुपीका रुखहरू डाह गर्दै थिए । ती आफ्ना शीरबाट पट्टपट्ट हिउँहरू झार्दै थिए ।

मन त थियो, ज्याउदाछेउ घन्टौँ बसिरहौँ र हेरिरहौँ प्रकृतिको त्यो शानदार लयलाई । दिन ढल्दै थियो । हामी यात्राको तेस्रो बासका लागि भेडीखर्क जान हतारियौँ ।

भेडीखर्क पुग्दा हिउँमा गाडिएका टेन्ट र छेउको गोठ हामीलाई कुरिरहेका रहेछन् । चिसो वातावरणमा गोठको किचेन निकै न्यानो लाग्यो । कालो चिया त झनै तातो । 

गन्तव्य ३८ सय मिटरको उचाइमा रहेको फिकुरी डाँडा हो र यात्राको यो तेस्रो साँझ । 

यात्रामा पर्यटनकर्मी र पत्रकार गरेर झन्डै ४० जना थियौँ । नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको सहकार्यमा ३ दिनअघि काठमाडौंको गोंगबुबाट बिहान सुरु भएको यात्रा टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोट सदुरमुकाम विदुर पुगेर लन्चका लागि रोकिएको थियो ।

प्रकाशित मिति: : 2020-08-30 05:13:00

प्रतिकृया दिनुहोस्