काेराेना संक्रमित तेजस्वी भन्छिन्, 'निकाे भएर संक्रमितकै सेवामा लाग्छु'

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

साउनमा पर्साको वीरगञ्जमा कोरोना भाइरस भुसको आगोझैँ फैलियो । तापक्रम बढेसँगै कोरोनाको ग्राफ पनि वीरगन्जमा उच्च बन्यो । समुदायस्तरमै कोरोना देखिन थाल्यो । के युवा, के ज्येष्ठ नागरिक, कसैलाई पनि कोरोनाले छोडेन । गण्डक अस्पताल संक्रमितले भरिए । 

ओहो ! अब सचेत हुनुपर्छ । जुन बेला जसलाई पनि सर्न सक्छ । घरमै कोरोना आउने त होइन ? वीरगन्जमा कोरोना फैलिएसँगै तेजस्वी श्रेष्ठको परिवारले सावधानी अपनाउन थाल्यो । १९ वर्षीया तेजस्वीलाई आफ्नोभन्दा पनि ५० प्लस बुबा आमा र ८६ वर्षका हजुरबुबाको चिन्ताले पोल्थ्यो । 

वीरगञ्ज महानगरमा मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भयो । यो समाचार एकाएक फैलिएसँगै तेजस्वीको परिवार सशंकित बन्यो । कारण– उनका बुबा महानगरमै काम गर्ने । महानगरका सबैको कोरोना परीक्षण हुने भयो । 

‘बुबाको पीसीआर गरियो । पहिलो रिपोर्ट नेगेटिभ आयो,’ तेजस्वी भन्छिन्, ‘रिपोर्ट नेगेटिभ आयो तर बुबालाई ज्वरोले सतायो । प्रत्येक वर्ष साउन–भदौमा बुबालाई यस्तै समस्या हुन्थ्यो । सुरुमा त्यही होला भन्ने सोचियो । फेरि अर्को दुई दिनपछि पीसीआर गरियो । ४ दिनपछि रिपोर्ट पोजिटिभ आयो ।’

प्रकाशित मिति: : 2020-08-31 14:36:38

प्रतिकृया दिनुहोस्