एडम जम्पालाई रोयल च्यालेन्जर्स बेंगलोर यस सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) को लागि टोलीमा अनुबन्ध गरेको छ।
अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सन पहिलो सन्तानको पिता बन्न लागेको हुँदा आईपिएल गुमाउने भएपछि बेंगलोरले उनकै देशका लेग स्पिनर जम्पालाई भित्र्याएको हो।
हाल जम्पा र रिचर्ड्सन इंग्ल्यान्डविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिजको लागि साउथह्याप्टनमा छन्।
जम्पा गतवर्ष पुषमा भएको आईपिएल अक्सनमा बिकेका थिएनन्। जम्पाले उक्त अक्सनमा आफ्नो न्युनतम मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकेका थिए।
जम्पाले २०१९-२० को बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट १२ खेलमा २० विकेट लिँदै उत्कृष्ट प्रर्दशन गरेका थिए। अष्ट्रेलिया र इंग्ल्यान्डबीचको टि२० आई र ओडिआई सिरिज सेप्टेम्बर १६ मा सकिने छ।
आईपिएल उक्त सिरिज सकिएको तीन दिनपछि अर्थात सेप्टेम्बर १९ देखि सुरु हुने छ। दुई हप्ता आइसाेलेसनमा बस्नुपर्ने नियम भएकाे कारण जम्पासँगै ओपनर आरोन फिन्च र युवा विकेटकिपर जोश फिलिपेले सुरुवाती खेल गुमाउने छन्।