बार्सिलाेनामा ६ वर्ष बिताएका रकिटिच सेभिल्ला फर्किए

क्रोएसियन मिडफिल्डर इभान राकिटिच पूर्वक्लब सेभिल्ला फर्किएका छन्। स्टार मिडफिल्डर राकिटिचले सेभिल्लासँग चार वर्षको सम्झौता गररेका छन्।

उनी आफ्नो मुल्यभन्दा केही कम रकममा सेभिल्ला पुगेका हुन्। नयाँ सम्झौता अनुसार उनले वार्षिक २‍.७ मिलियन पाउन्ड पाउनेछन्। गत सिजन राकिटिचले ७ मिलियन कमाई गरेका थिए। 

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका ३२ वर्षे मिडफिल्डर राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए। उनी यो सिजन बार्सिलोना छाड्ने पहिलो ठूला स्टार खेलाडी बनेका छन्। राकिटिचसँगै अन्य केही स्टार खेलाडीहरुले यस सिजनमा बार्सिलोना छाड्न सक्नेछन्। 

बार्सिलोनामा ६ वर्ष बिताएरका राकिटिकले अहिले सेभियामा मेडिकल गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

राकिटिच २०११ मा जर्मन क्लब साल्केबाट सेभिल्ला पुगेका थिए। बार्सिलोना आउनुअघि राकिटिकले सेभियामा तीन सिजनमा १४९ खेल खेलेर ३४ गोल समेत गरेका थिए। उनी बार्सिलोना आउनुअघि सेभियामा उनले युरोपा लिग जितेका थिए।

बार्सिलोनामा ६ सिजन खेलेका राकिटिकले ३१० खेल खेल्दै ३६ गोल गरेका छन्। उनले बार्सिलोनाबाट चार ला लिगा, चार कोपा डेल रे, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकपको उपाधि जितेका छन्।

राकिटिच यसअघि गत जनवरीमा सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा चलेपनि उनी बार्सिलोनामै रहेको थियो।

याे पनि: बार्सिलोना छाड्ने पहिलो ठूला स्टार खेलाडी बने राकिटिच

प्रकाशित मिति: : 2020-09-02 06:45:59

प्रतिकृया दिनुहोस्