व्यक्तित्व

फुटबलरदेखि पप–रकरसम्म

बाह्रखरी

नरेश फुयाँल

साथीहरूसँग फुटबल खेल्दाखेल्दै ज्योती (घिमिरे)लाई फुटबलको लतले समायो। त्यही लतले लय दियो। ‘बी’ डिभिजन क्लबमा छनोट भए। ०३० सालमा आरसीटी अन्नपूर्ण प्रवेश गरे। मिडफिल्ड फुटबलमा उनको पोजिसन थियो। ०४२ को अन्तिमसम्म फुटबल खेलेका उनलाई राष्ट्रिय टोलीमा जान ज्यान (हाइट)ले धोका दियो।

फुटबलमा रमाइरहँदा गीत–संगीतमा पनि उनको उत्तिकै दिलचस्पी थियो। हिप्पी कल्चरमा हुर्किएका काठमाडौंका अग्रज संगीतकर्मीहरू सिटी हलमा कार्यक्रम गर्थे। फुटबलबाट समय मिलाएर उनी सिटी हल पुग्थे। पैसा नभए पनि भिडभाडको फाइदा लुटेर सुटुक्क भित्र छिर्थे र धीत मरुन्जेल कार्यक्रम हेर्थे।

प्रकाशित मिति: : 2022-02-12 08:43:00

प्रतिकृया दिनुहोस्