‘सोचेझैं जिन्दगी रैनछ’

कृष्णराज सर्वहारी

यसपालिको तीजमा सबैभन्दा हिट भएको गीत हो, ‘सोचेझैं जिन्दगी रैनछ।’ कोरोना महामारीका कारण भोग्नु परेको लकडाउनले कुन पेसाकर्मी, व्यवसायीको पो जिन्दगी सोचेको झैं भएको होला र ? म्युजिक भिडियोमा मुसुक्क मुस्काउँदै कम्मर मर्काई मर्काई नाच्ने कलाकारहरूको पनि जिन्दगी सोचेझैं कहाँ पो छ र ?

‘सोचेझैं जिन्दगी रैनछ’ बोलको गीतमा नाच्ने एक प्रमुख कलाकार हुन्, अञ्जली अधिकारी। उनको गृहजिल्ला बर्दियाको मैनापोखर अन्नको भण्डार हो। तर लकडाउनमा बर्दियाको चामल काठमाडौं उक्लिँदैन। करिब चार सय म्युजिक भिडियोमा देखिएकी अधिकारी भन्छिन्, ‘लकडाउनअघि जिन्दगीमा कुनै टेन्सन थिएन। अब भने गाह्रो भो।’ त्यसो त अधिकारीले लुजडाउन भएसँगै १५ वटा म्युजिक भिडियोमा काम गरिन्। लकडाउनअघि भन्दा पचास प्रतिशत कममा खेले पनि यसले आफूलाई निकै ठूलो राहत दिएको उनको भनाइ छ। यद्यपि उनले आफ्नो पारि श्रमिक खुलाउन चाहिनन्।

 

 

प्रकाशित मिति: : 2020-09-03 06:59:39

प्रतिकृया दिनुहोस्