घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनकाे राेमाञ्जक जित दर्ता गर्दै पहिलो टि-२० खेलमा जित हासिल गरेको छ।
साउथह्याम्प्टनमा शुक्रबार भएको खेलमा इंग्ल्यान्ड २ रनले विजयी हुँदै तीन खेलको सिरिजमा १-० को अग्रता लिन सफल रहयो।
इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो।
अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो। १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा परेको थियो।
१९ औं ओभरमा क्रिस जोर्डनले एक रनआउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो। एगर अन्तिम बलमा सिंगल लिने क्रममा ४ रन जोड्दै आउट भएका थिए।
अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे। तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २-२ रन जोडे। अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके। उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे। उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे।
क्रिस जोर्डनले १९ औं ओभर र टम करनले २० औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्ड जितसम्म पुगेको थियो। इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २/२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे। इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २/२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे।
त्यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दौ उत्कृष्ट सुरुवात दिलाएका थिए। फिन्च ४६ रन जोड्दै आउट भए। ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका फिन्च आर्चरको बलमा जोर्डनबाट समातिए।
त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथले ११ बलमा १८ रन जोडे। उनी २ चौका र १ छक्का प्रहार गरेपछि बेयरस्टोको हातबाट समातिए।
डेभिड वार्नरले ४७ बलमा ५८ रन जोडे। उनले ४ चौका मात्र प्रहार गरेका थिए।
त्यसअघि साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो। इंग्ल्यान्डका डेविड मलानले ४३ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए।
चौथो ओभरको अन्तिम बलमा ओपनर जोनी बेयरस्टोलाई प्याट कमिन्सले मिचेल स्टार्कबाट आठ रनमा क्याच गराए।
ओपनर जस बटलर स्पिनर एश्टन अगरको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री नजिकै कमिन्सको हातबाट ४४ रनमा समातिन पुगे। बटलरले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
क्रिस जोर्डन १४ र आदिल राशिद १ रनमा अविजित रहे। टम करन ६ रनमा आउट भए।
अष्ट्रेलियाका स्पिनर एश्टन अगरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। ग्लेन म्याक्सवेलले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। केन रिचर्ड्सनले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। प्याट कमिन्सको नाममा १ विकेट लिए।
तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ।