लगडाउन डायरी : आफन्त कुरिरहेका कफिनहरु

विभिन्न देशबाट स्वदेश आउन चाहाने नेपाली धेरै भन्दा धेरै भएको समाचार आइरहेका छन्। स्वदेश आइपुगेका भन्छन्, ‘धेरै भन्दा धेरै नेपालीहरु स्वदेश आउन चाहिरहेका छन्।  कोही त साच्चै अलपत्र परेका पनि छन्।’कतिले त फर्कने प्रकिया नै नबुझेका, थाहा नपाएकाहरु पनि छन्।कोरोना महामारीमा भएको पहिलो चरणको उद्धार उडानको अवधि ९ दिनपछि असार २१  मा समाप्त हुँदै थियो। सायद राज्यले पुन थप्ला वा निश्चित नियम बनाइएर नियमित उडान खुला गर्ला ? मनमा यो प्रश्न खेलाउँदै असार १२ गते म साधैँ जस्तै विमानस्थलको आगमन कक्षा पुगेँ। आजको बिहान (१२ बजेसम्म) बहरायनबाट नेपाल एयरलान्सका २, कुवेतबाट जजिरा एयरलाइन्सको १ उडान गरेर ३ उडान नेपाल आउने जानकारी मैले ड्यटी मेनेजरबाट हिजै पाइसकेको थिएँ। सुरुमा एउटै गन्तव्य बहरायनबाट नेपाल एयरलान्सका २ उडान आए। एउटै गन्तव्य र एउटै एयरलाइन्स भएकाले ५ यात्रुहरुको लगेज अर्को उडानमा रहेछ। त्यत्तिमात्र होइन अर्को उडानमा रहेका केही यात्रुहरुको लगेज अगाडिको उडानमा आएछ। मैले एक यात्रु आत्तिरहेको, पसिना पसिना भएको देखें। 

प्रकाशित मिति: : 2020-09-05 21:50:06

प्रतिकृया दिनुहोस्