इंग्ल्याण्डका अनुभवी क्रिकेटर इयान बेलले व्यवसायिक क्रिकेटबाट सन्यास लिएका छन्। उनी पाँच पट ऐसेस जितेको इंग्लिस टोलीका सदस्य थिए। उनले अन्तिम टेस्ट २०१५ को नोभेम्बरमा खेलेका थिए।
पाँच वर्षदेखि उनी घरेलु क्रिकेटमा सक्रिय थिए। उनको नाममा १ सय १८ टेस्टमा २२ सतक बनाउने कीर्तिमान रहेको छ। बेलले टेस्ट क्रिकेटमा सक्रिय हुन सन् २०१५ मा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। तर, यसले उनको खेल जीवनमा खासै प्रभाव परेन।
१६ वर्षको करिअरमा बेलले ७ हजार ७ सय २७ टेस्ट रन बनाएका छन्। उनले १ सय ६१ एकदिवसीयमा ५ हजार ४ सय १६ रन बनाएका थिए। बेलले टि–२० को ८ खेलमा १ सय ८८ रन बनाएका छन्।
उनले सन्यासको घोषणा गर्दै भने, ‘वास्तवमै यो दुःखको कुरा हो। तर, म गर्वान्वित छु।’