स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

फणि महत

रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। 

केही दिनअघि चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्। सरुवा भइ आएका अधिकृतलाई के गर्ने भन्ने छलफल मेयरले गरिरहेका छन्।

कटहरिया नपाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र गरुडा नपामा लेखा अधिकृत एउटै व्यक्ति हुन्। उनी दुईवटा नपामा फरकफरक जिम्मेवारीमा छन्। गरुडा नपाका लेखा अधिकृत साह गत आर्थिक वर्षदेखि कटहरिया नपाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन्। उनले दोहोरो सुविधा लिँदै आएको स्रोत बताउँछ।

प्रकाशित मिति: : 2020-09-08 10:06:53

प्रतिकृया दिनुहोस्