२२ क्रिकेट खेलाडीले पाए तलब

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका २२ अनुबन्धित खेलाडीलाई तलब प्रदान गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्राप्त रकम क्यानले खेलाडीको खातामा हालेको हो।

 नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा गरेकाे छ। आईसीसीले २०१७/२०१८ को तलब एकमुष्टरुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो।

यो अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन्। यो रकम क्यानले प्रत्येक खेलाडीमा थपिदिएको १० हजार रुपैयाँसमेत गरी हो।

ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन्।

यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन्। ग्रेड ‘सी’ मा भने इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन्।

प्रकाशित मिति: : 2020-09-10 13:54:13

प्रतिकृया दिनुहोस्