जनमत

‘नेपालका नेताहरू भारतबाट परिचालित छन्, बोल्न डराउँछन्’ (भिडियाे)

सुदिप बराल

काठमाडौं

भारतले दार्चुलाको महाकाली नदीको धार नेपालतर्फ धकेलेर एकतर्फी पक्की तटबन्ध निर्माण गरेपछि सीमा क्षेत्रमा विवाद सुरू भएकाे छ।

सोही विषयलाई लिएर आइतबार नेपाल-भारतका स्थानीयबीच दोहोरो ढुङ्गा हानाहान भयाे। ढुंगा प्रहारबाट चार जना नेपाली घाइते भए भने भारतले केही समय सीमा नाकासमेत बन्द गरिदियो।

भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादतीप्रति नेपाल सरकार रमिते बनेको आरोप लगिरहेको छ। याे विषयमा न त सरकारले भारतसँग जवाफ नै मागेकाे छ, न राजनीतिक दलहरूले औपचारिक धारणा नै सार्वजनिक गरेका छन्।

तर केही साना दल र विद्यार्थी संगठनहरूले भने विराेध जनाइरहेका छन्। साेमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालीमाथि आक्रमण हुँदा नेपाल सरकार मूकदर्शक बनेर बसेको आरोप लगाएका थिए।

साे पार्टीले नेपालसँगको सन्धी सम्झौताहरुविपरीतका कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर–जिम्मेवार कार्य भएकाे बताएकाे थियाे।

नेपाल सरकारको निरीहता र कमजोर कुटनीतिका कारण सिमानामा भारतको बलमिच्याइँमा र ज्यादती नरोकिएको आरोपसमेत लागिरहेकाे छ।

साेही घटनालाई लिएर आम नागरिकहरूले पनि राजनीतिक दल र सरकारकाे चाैतर्फी आलाेचना गरिरहेका छन्। नेपालका नेताहरू भारतबाट परिचालित भएकाले बाल्न डराइरहेकाे युवाहरूकाे मत छ।

‘नेपालका नेताहरु भारतबाट परिचालित छन्, उनीहरु भारतसँग बोल्न डराउँछन्। किनभने भारतबाट कुनै चारो फालेर नेपालका ठुला नेताहरु परिचालित छन्’, मुगुका हस्त परियार भन्छन्।

त्यसैगरी धनगढीका शिवराज जोशी, ‘नेपालका नेताहरु भारतबाटै पोषित छन्, उनीबाटै सञ्चालित छन्। त्यसैले आफ्नो देशको हितमा नलागेका हुन्।’

प्रकाशित मिति: : 2022-12-06 22:32:00

प्रतिकृया दिनुहोस्