निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा बढ्यो चलहपहल

तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चलहपहल बढेको छ।  बिहीबारबाट व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन भएका छन्। 

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले बुधबार गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच देखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुला हुनेछन्। खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागू हुनेछ। 

यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइनेछ।

सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरू सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउनेछन्। काठमाडौं उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। पछिल्लो पटक परिमार्जित निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम रहनेछ।

हेर्नुहोस् भिडियो
प्रकाशित मिति: : 2020-09-10 17:00:00

प्रतिकृया दिनुहोस्