ट्रिबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेवियन प्रिमियर लिग (सीपीएल) को उपाधि जितेको छ। बिहीबार राति फाइनलमा सेन्ट लुसियालाई आठ विकेटले हराउँदै गर्दै उपाधि जितेको हो।
नाइट राइडर्सका लागि ओपनर लेन्डी सिम्मोन्सले अविजित ८४ रन जोडे। ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए। उपाधि इनिङका लागि सिम्मोन्सलाई डिरेन ब्राभोले १३८ रनका साझेदारी गरे। ब्राभोले ४७ बलामा ६ छक्का सहित ५८ रन जोडेका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको लुसियाले दुवै इनिङ उत्कृष्ट गरेपनि अन्त्यतिर सम्हालिन सकेन। तर, राइडर्सका लागि कप्तान किरोन पोलार्डले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिदा लुसिया १५४ रनमै समेटिएको थियो।
जवाफी ब्याटिङका क्रममा १८.१ ओभरमै लक्ष्य भेटाउँदै राइडर्सले उपाधि जित्यो। राइडर्सले उपाधि जित्दा लिग चरणका दश, सेमिफाइनल र फाइनल सवैमा जित निकाल्यो।
नेपालका लिग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लाहवाज भने सेमिफाइनमा राइडर्स सँगै पराजित भएको थियो। एघार खेलबाट १२ विकेट लिएका सन्दीप धेरै विकेट लिने खेलाडीको सूचिमा सातौमा रहे। शीर्ष स्थानमा लुसियाका स्कट कुज्जेलेजिन् भए। उनले ११ खेलबाट १७ विकेट लिए।
यस्तै जमैकाका मुजिव उर रहमानले १६ विकेट लिँदै दोस्रो स्थानमा रहे।
यस्तै ट्रिबागो नाइट राइडर्सका ओपनर लेन्डी सिम्मोन्स सर्वाधिक रन बनाउने खेलाडी रहे। उनले ११ खेलबाट ३५६ रन बनाए। जमैकाका फिलिप्सले ३१६ रन जोडेका थिए।
HERO CPL CHAMPIONS 2020! TRINBAGO KNIGHT RIDERS!!! #CPL20 #CricketPlayedLouder #CPLFinal pic.twitter.com/0d5CwkxyBj
— CPL T20 (@CPL) September 10, 2020