अभिनेता केभिन स्पेसीविरुद्ध यौन शोषणको मुद्दा दर्ता

अभिनेता केभिन स्पेसीविरुद्ध यौन शोषणको मुद्दा दर्ता भएको छ। 

सन् १९८० को दशकमा आफूहरु युवक हुँदा केभिनले यौन शोषण गरेको भन्दै दुई पुरुषले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन्। 

उनीविरुद्ध म्यानह्याटनस्थित न्युयोर्क सर्वोच्च अदालत म्यानह्याटनमा मुद्दा दर्ता भएको छ।

‘ब्रोडवे’ र ‘स्टार ट्रेक’ अभिनेता एन्थोनी र्‍यापले सन् २०१७ मा केभिनको यौन शोषणबारे पहिलो पटक बोलेका थिए। 

एक पार्टीमा सहभागी हुँदा केभिनले आफू किशोर अवस्थामा हुँदा यौन शोषण गरेको एन्थोनीले अदालतमा दिएको बयानमा उल्लेख गरेका छन्। 

केभिनलाई यौन शोषणको आरोप लगाउने अर्का व्यक्तिले भने आफ्नो बयानमा अभिनय कक्षा लिने बहानामा आफूलाई अपार्टमेन्टमा बोलाएर यौन कार्य गर्न लगाएको बताएका छन्। धेरैले केभिनको यौन शोषणबारे मिडियामा बोले। 

त्यसपछि दुई पटक ओस्कार जितेका केभिनको फिल्म करियर ओरालो लाग्यो।

अभिनेता केभिनले ‘द युजुअल सस्पेक्ट्स’, ‘एलए कन्फिडेन्सियल’, ‘अमेरिकन ब्युटी’, ‘सेभेन’लगायतका चलचित्रमा अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2020-09-11 18:05:16

प्रतिकृया दिनुहोस्