पस्मिना उत्पादन र निर्यातमा जमेका विनाेद

शिलापत्र

काठमाडौँ

भागवत भट्टराई

अन्तर्राष्ट्रिय बजारमा कुनै नेपाली ब्राण्डले निरन्तर ख्याति कमाइरहेको छ भने त्यो पस्मिना नै हो । उद्यमी विनोद मल्ल २० वर्षदेखि निरन्तर पश्चिना उत्पादन र निर्यात गर्दै आइरहेका छन् ।  झण्डै ५ सय जनाले उनको हिलटप काश्मिरी पस्मिना उद्योगबाट रोजगारी पाएका छन् । 

कोरोना, लकडाउन र निषेधाज्ञाले अहिले धेरै बस्तुको व्यापार चौपट छ । धेरैले उत्पादन घटाएका छन् । केही असहज त विनोदलाई पनि भएकै छ । तैपनि, पस्मिनाको माग घटेको छैन । माग यथावत भएपछि उत्पादन घट्ने कुरा भएन । 

कोरोना फैलिन थालेको भन्दै सरकारले ११ चैत २०७६ देखि देशभर लकडाउन गर्‍यो । हालसम्म आउँदा नेपालको अन्तर्राष्ट्रिय व्यापार करिब ३५ प्रतिशतले घटेको छ । तर, मल्लको उद्योगले भने पछिल्ला ५ महिनामा पनि पुरानै परिमाणमा उत्पादन गर्‍यो । 

उनको उद्योगले औसतमा मासिक डेढ करोडभन्दा बढीको पस्मिना अन्ततर्राष्ट्रिय बजारमा पुर्‍याउँछ । वार्षिक १६ करोड रुपैयाँबराबरको कारोबार गर्दै आएको उनी बताउँछन् । 

प्रकाशित मिति: : 2020-09-11 19:59:29

प्रतिकृया दिनुहोस्