वीरगञ्जबाट थप १० जना कोरोना संक्रमणमुक्त

फायल तस्वीर

वीरगञ्जबाट आइतबार थप १० जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् । 

वीरगञ्जका विभिन्न अस्पतालको आईसोलेसन, होम आइसाेलेसन, सामुदायिक आइसोलेसनमा उपचाररत् रहेका संक्रमितहरूमध्ये १० जना कोरोना निकोभई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । 

आजसम्म पर्सा जिल्लामा २ हजार ४ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ र ती मध्ये १ हजार ८ सय ९२ पुरुष र ५ सय ५१ महिला रहेका छन् ।

त्यसैगरी बीरगञ्जमा कोरोनामुक्त भई घर फर्किनेको संख्या १६ सय ६४ जना पुगेको छ । 

वीरगञ्जमा आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ । 

त्यसैगरी आज सम्म वीरगञ्जको अस्थायी कोभिड गण्डक अस्पतालमा ५३ पुरुष, १० महिला सहित ६३ जनाको उपचार भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: : 2020-09-13 20:15:08

प्रतिकृया दिनुहोस्