इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई मध्यम लक्ष्य दिएको छ। म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनायो।
इंग्ल्यान्डलाई नवौं विकेटका लागि आदिल राशिद र टम करनले ७६ रनको उत्कृष्ट साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका हुन्। राशिद २६ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे। टम करन ३९ बलमा ५ चौका सहित ३७ रनमा आउट भए।
कप्तान ओईन मोर्गन र जो रुटले ६१ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए। रुट ३९ रनमा रुट क्याच भए। रुटले ७३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
कप्तान मोर्गन ४२ रनमा एलबिडब्लू आउट भए। मोर्गनले ५२ बलमा ५ चौका प्रहार गरे।
यता, क्रिस वोक्सलाई २६ रनमा आउट भए। उनले ३९ बलमा ४ चौका प्रहार गरे।
जेसन रोय २१ रनमा आउट भए। रोयले २२ बलमा ४ चौका प्रहार गरे। साम विलिंग्स ८ र साम करन १ रनमा पेभिलिएन फर्के। ओपनर जोनी बेयरस्टो शून्यमा पेभिलिएन फर्काएका थिए।
अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। मिचेल स्टार्कले १० ओभरमा १ मेडन सहित ३८ रन खर्चेर २ विकेट लिए। जोश हेजलवुड, मिचेल मार्श र प्याट कमिन्सले एक एक विकेट लिए।