गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्जमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गण्डक कोभिड अस्पतालमा उनकाे सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार मृतक वीरगञ्ज महानगरपालिका १० निवासी हुन्। उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको। उनमा संक्रमण पुष्टि भने २२ गते भएको थियो।

मृतक महिलाको फोक्सोमा समस्या रहेको डा. चौरसियाले जानकारी दिए। मृत्युपछि उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

आज मात्रै थप चार जना संक्रमितको मृत्यु भएको छ। जसमा रुपन्देहीमा दुई, धरान र चितवनमा एक/एक जनाको मृत्यु भएको हो। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३ सय ५० पुगेको छ।
 

प्रकाशित मिति: : 2020-09-14 12:35:34

प्रतिकृया दिनुहोस्