हुन्डार्ई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेता पुरस्कृत

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक कार्यक्रमको अयोजना गरी हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई  पुरस्कृत गरेको छ ।

विजयीहरु नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेनयु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई स्यान्ट्रो म्याग्न हस्तान्तरण गरेको छ ।

लक्की ड्र को विजेताहरुको छनौट २०२० को २९ जुनमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । 

बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट  कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गरिन् । १० विजेताहरु भरत सिंह पौडेल (कुपन नं. ३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे  (कुपन नं. ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि.क.(कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एनआइसी एशिया बैंकका निर्भीक सापकोटा (कुपन नं. ११५८), र खातु इन्टरनेश्नल प्रालि. (कुपन नं. ३५) ले दुबई भ्रमण जाने अवसर जितेका हुन् । 

सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । 

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध  छन् । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल  उत्पादक कम्पनीहरुमा पर्दछ ।

प्रकाशित मिति: : 2020-09-15 12:17:51

प्रतिकृया दिनुहोस्