बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेर नष्ट

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएकाे छ। 

बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्ची घरमा राति २ बजे  आगलागी भएकाे प्रहरी चौकी बरेङले जनाएको छ । 

घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बचाँएका छन् ।

उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । 

उनक अनुसार स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन ।

घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको अधिकारीले बताए।

प्रकाशित मिति: : 2020-09-17 13:01:02

प्रतिकृया दिनुहोस्