कोरोना संक्रमणको समयमा अग्रपंतीमा खटिएकालाई ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सम्मान

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले कोरोना संक्रमणको समयमा अग्रपंतीमा खटेका ८ जना व्यक्तिलाई सम्मान गरेको छ। 

कोरोना महामारीको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर समाज सेवामा खटेका सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, डोजर चालक, प्रहरीलगायत ८ जनालाई ३ हजार १ सय नगद र सम्मान पत्रसहित सम्मानित गरेको हो। 

सम्मानित हुनेमा वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँ, शाखामा कार्यरत अमिन मियाँ, एम्बुलेन्स चालक समशुल मियाँ, रेडक्रसका एम्बुलेन्स चालक मोमताज अन्सारी, रमेश पण्डित, राजेशकुमार क्षेत्री, ग्रिन सिटी सामुदायि प्रहरी सेवा केन्द्रका विजय यादव, लालबाबु महतोलगायत छन्। सम्मानित हुने सबैलाई पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले नगदसहित प्रशंसा पत्र हस्तान्तरण गरेकी थिइन्। 

कार्यक्रममा सम्बोधन गर्दै पर्सा प्रहरी प्रमुखसमेत रहेकी प्रहरी उपरीक्षक पन्तले कोरोनाको संक्रमणकालमा अग्रपंतीमामा खटेका सबैको कामको सराहना गर्दै संकटको समयमा सेवा दिइरहेका पछाडिको हिरोहरुलाई सम्मान गर्न पाउँदा खुशी महसुस भएको बताइन्।

‘कोभिडको समयमा बिरामी ओसार्नेदेखि शव व्यवस्थापनमा समेत सरसफाईकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, डोजर चालकले गरेको योगदानको जति सराहना गरे पनि कम हुनेछ’, उनले भनिन्।  

कोरोनाको यस विषम परिस्थितिमा आफ्नो ज्यानको परवाह नगरी आम नागरिकको सुरक्षाका लागि अग्रपंतीमा खटेका व्यक्तिलाई केवल संघ संस्थाहरुले होइन हरेक नागरिकले ह्दय देखिनै सम्मान गर्नुपर्ने कार्यक्रमको आयोजक तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए।

प्रकाशित मिति: : 2020-09-18 11:57:23

प्रतिकृया दिनुहोस्