सर्लाहीका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

सर्लाहीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ।

मृगौला फेल भइ डायलाइसिस सेवा लिइरहेका सर्लाही हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १० बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जानकारी दिएकाे छ।  

भदौ १८ गते संक्रमण पुष्टि भएपछि सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। ती व्यक्तिमा खोकी र श्वासप्रश्वासको समस्या पनि थियो।

अवस्था जटिल हुँदै गएपछि भदौ २३ गते कोभिड आईसीयूमा राखेर उपचार र नियमित डायलाइसिस पनि हुँदै आएको अस्पतालले जनाएको छ। 

योसहित चितवनमा कोरोना भाइरसको संक्रमणका कारण निधन हुने व्यक्तिको संख्या ३१ पुगेको छ। जसमध्ये १७ जना चितवनका हुन्।

अन्य व्यक्तिहरु उपचारका लागि विभिन्न जिल्लाबाट भरतपुर आएकाहरु हुन्।

प्रकाशित मिति: : 2020-09-18 16:20:01

प्रतिकृया दिनुहोस्