सिन्धुपाल्चाेकमा करेन्ट लागेर किशाेरीकाे मृत्यु प्रकरण

पीडितलाई न्याय दिलाउन सीता हाइड्रोपावरलाई लोकतान्त्रिक आदिवासी जनजातिको ध्यानाकर्षण

बिएल संवाददाता

सिन्धुपाल्चोक

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएको छ।

गत फागुन १३ गते नेसम खोला जलविद्युत आयोजना र आयोजना निर्माण गरिरहेको सिता हाईड्रोपावरको चरम लापरवाहीको कारण ज्यान गुमाएकी १४ वर्षिय नोर्जी वाङमु लामाले ज्यान गुमाएकी थिइन् भने दुई जना घाइते भएका छन्।

विद्युतको पोलबाट करेन्ट सर्ट भएर दुर्घटना भएको भन्दै पीडित न्याय दिनुपर्ने भन्दै नेपाल लोकतान्त्रिक अदिवासी जनजाती महासंघ सिन्धुपाल्चोक जिल्ला शाखा कमिटीले विज्ञप्ति जारी गरेको हो।

‘सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–३ गुम्बा निवासी १४ वर्षिय नोर्जी वाङमु लामा आफ्नै बारीमा आलु रोप्न लागी रहेको बेला विद्युतको पोलबाट करेन्ट सर्ट भई मिति २०७९ साल फागुन १५ गते घटना स्थलमै दुःखद निधन भएको प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै विद्युत सर्ट हुँदा घाईते हुनुभएका स्थानिय राजमान लामा र सोमरानी तामाङको सिघ्र स्वस्थ्य लाभको कामना गर्दछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जुगल गाउँपालिकाको नेसम खोलामा निर्माणधिन नेसम खोला जलविद्युत आयोजना र उक्त जलविद्युत आयोजना निर्माण गरिरहेको सिता हाईड्रोपावरले जलविद्युत निर्माणको लागी लगेको विद्युतका तारहरु छरपस्ट अनियन्त्रित रुपमा लगेको कारणले उक्त घटना हुन गएको स्थानियको बुझाई छ। आयोजना निमार्णको जिम्मा लिएको सिता हाईडो पावर कम्पनीले उक्त स्थानमा गरेको प्राकृति विनास निजीजग्गा अतिक्रमण, सामाजिक उत्तरदायित्व निर्वाह नगर्ने सार्वजानीक सम्पत्तिको अनाधिकृत दोहन र दुरुपयोग गरेको दृश्य ताजै छ। यस प्रकारको अन्याय अत्यचार राज्य शक्तिको आडमा भएको उदण्ड र वर्बर दमनसहित कठिन तथा कष्टकर दिनहरु नागरिकहरुले सामना गरिरहेको छ।’

सीता हाइड्रोपावरकाे चरम लापरवाही : पीडितले अझै पाएनन् न्याय

लामाको शवको अन्त्यष्टी र घटनामा घाइते भएकाहरुको उद्धार तथा उपचारको लागी माग गर्न जाँदा उल्टै हाइडो तोडफोड गरि करोडौं क्षति पुगेको भनी प्रभावित वडाको जन प्रतिनिधि र नेपाल लोकतान्त्रिक अदिवासी जनजाती महासंघका नेता तथा कार्यकर्तालाई समेत मुद्दा हाली अनआवश्यक दुःख र मानसिक तनाव दिएको महासंघका अध्यक्ष डबले लामा बताउँछन्। 

‘पडितलाई उचित क्षतिपूर्ती देउ घाइतेहरुको अभिलम्ब उपचार गर, जनप्रतिनिधि र नेपाल लोकतान्त्रिक अदिवासी जनजाती महासंघको नेता तथा कार्यकर्तामाथि लगाएको मुद्धा अभिलम्ब फिर्ता गर। तीन बुँदे मागलाई सम्बोधन गर्न आयोजना पक्षलाई हार्दिक अनुरोध गरिन्छ। हाम्रो मागलाई सम्बोधन नगरि वेवास्ता गर्ने र राज्य शक्तिको आडमा उक्त क्षेत्रमा दादागिरि शैली परियोजना सम्पन्न गर्न सोचेको छ भने यो केवल दिवा सपना मात्र हुनेछ। आयोजना पक्षको यी सबै प्रकारको हर्कतहरु बन्द गरि स्थानीयसंग मिलेर परियोजना सम्पन्न गर्ने सत्बुद्धी पलाओस् हामी अपेक्षा गर्न चाहान्छौं। स्थानीयलाई हेपेर, पेलेर परियोजना सम्पन्न गर्ने मनसाय भएको भए आगामी हुन सक्ने घटना र क्षतिको जिम्मा स्वयं आयोजना पक्षले नै लिनुपर्ने छ’ विज्ञप्तिमा लेखिएको छ। 

प्रकाशित मिति: : 2023-03-29 15:11:00

प्रतिकृया दिनुहोस्