‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना परेर अझै तीन जना बेपत्ता भएका छन्।
नागरिक उड्यान प्राधिकरणकाअनुसार बेपत्ता ७२ जनामध्ये ६९ जनाकाे शव हिजाे (आइतबार) नै फेला परेकाे थियाे भने बाँकी तीन जना बेपत्ता थिए। आइतबार अँध्याराे भएपछि उनीहरुकाे खाेजी कार्य स्थगित गरिएकाे थियाे।
बेपत्ता तीन जनाकाे खाेजीमा खटिएकाे नेपाली सेनाकाे टाेली रातभर सेती खाेँचमा नै बसेकाे थियाे। साे टाेलीले बिहानदेखि नै खाेजी कार्या जारी राखेपनि अहिलेसम्म नभेटिएकाे नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
जहाज दुर्घटनस्थल गहिराे खाेँचमा रहेकाले खाेजी कार्यमा कठिनाइ भएकाे उनकाे भनाइ छ।
जहाजमा दुर्घटनामा परेर मृत्यु भएका ६९ जनालाई पाेखरास्थित गण्डकी अस्पतालमा राखिएकाे छ। हिजाे रातिसम्म गरेर शव संकलन गरेता पनि अहिलेसम्म केही शवकाे पहिचान हुन सकेकाे छैन।
बेपत्ता तीन जनालाई खाेजेर र गण्डकी अस्पतालमा रहेका शव पाेष्टमार्टम गरेर आजै काठमाडाैँ ल्याउने तयारी रहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले जानकारी दिए।
आइतबार बिहान १०:३२ बजे काठमाडाैँबाट पाेखराकाे लागि उडेकाे यति एयरकाे ९एन– एएनसी एटीआर- ७२ जहाज सेती खाेँचमा दुर्घटनामा परेकाे थियाे।
जहाज दुर्घटना भएपछि सरकारले आज शाेक बिदा दिएकाे छ। भने, यति एयरलाइन्सले आफ्ना सबै उडान रद्द गरेकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया