हेरुका र निरान्जली अभिनित ‘साउने झरी’ सार्वजनिक

चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ। हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो।

सुनिल दिप्त राईले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन् भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु र गायीका दीपा लामाले गाएका हुन्।

पेम्जोङ लामाको निर्माण, राम कुमार केसिले छायांकन, मनोज कार्किले कलर, दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंव निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडिओ

प्रकाशित मिति: : 2020-09-20 18:12:40

प्रतिकृया दिनुहोस्