देशबाट पर हो, खेलबाट छैन

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- बाध्यता र अभावमा मैदान छाड्न बाध्य खेलाडीहरुको कथामा केही फरक अनुभव र अवस्थाहरु पनि छन्। जसलाई अवसरका रुपमा लिने हो भने मैदान छाड्नु उनीहरुको भाग्य नै भन्नुपर्ला। यसैले दुःखले थिचिएर बसिरहेका र दुःखै काट्न बाहिरिएकाहरुमा टेबलटेनिस खेलाडी दिप साउनको कथा अलि भिन्न छ। 

दिप नेपालमा टेबलटेनिस स्टार खेलाडी हुन्। तर उनको खेल कौशल देख्न नपाएको पनि दुई वर्ष बित्यो। खेल्दा खेल्दै चटक्कै छाडेर उनी अमेरिका हुइँकिए। 

पेशा नै परिवर्तन गरेर विदेशिएका खेलाडीको सूचि छोटो छैन। अझ कीर्तिमानी खेलाडीको विदेश पलायनले त नेपालको खेलकुदमा केही हुँदैन भन्ने देखाइरहन्छ। राम्रा खेलाडी विदेशिनु अरु विदेशिनेको जस्तै बाँच्ने शैली सुधार्ने आश नै हो, तर नेपाली खेलकुदको लागि त त्यो दुर्गति भइरहेको छ। 

नेपालको त्यस्तो कुनै खेल छैन, जहाँबाट खेलाडी नविदेशिएका हुन्। विदेशिएका कीर्तिमानी खेलाडीलाई न रेकर्डले रोक्यो, न सफलताको उचाइले। यो भन्दा बलियो समस्याले निम्त्याएको आवश्यकता र इच्छाहरु हुँदो रहेछ। यसैले त कति इच्छा र रहरले विदेशिएका छन् कति परिबन्धले।

प्रकाशित मिति: : 2020-09-21 14:33:06

प्रतिकृया दिनुहोस्