उपचारका लागि होइन, पिसिआरका लागि यो दु:ख (भिडियो रिपोर्टसहित)

ज्ञानेन्द्र कार्की

मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाएर निदाउने प्रयास गरिरहेका छन् । बेन्च र टेबलमा पनि निदाइरहेका छन्, निदाउने प्रयास गरिरहेका छन् । यिनीहरू रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारका लागि पनि आएका होइनन् । कोभिड परीक्षण गरिपाऊँ– उनीहरूको यत्ति माग हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू रातिदेखि नै यसरी लाइन लाग्न बाध्य भएका हुन् । के गर्नु ? यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ । 

यो दृश्य हो राजधानीको टेकुस्थित कोभिड– डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । अस्पतालको गेटबाहिरको अवस्था पनि यस्तै छ । सडक किनारमा उभिएका, बसेका सबैसँग छाता छैन । छाता हुनेहरू छातामा ओत लागेका छन् । छाता नहुनेहरू बाटोछेउका घरका सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । उभिएर थाकेकाहरू भिजेको भुइँमै पल्टिएका छन् ।

प्रकाशित मिति: : 2020-09-23 08:35:00

प्रतिकृया दिनुहोस्