आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (भिडियो)

कीर्तिमानी आरोही आङरिता शेर्पा (हिउँ चितुवा) को बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। शेर्पाको टेकुस्थित बागमती किनारमा सशस्त्रको टुकुडीले सम्मान दिएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

यसअघि सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए।

सोमबार बिहान १० बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गर्ने सरकारले निर्णय गरेको थियो।

विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको सोमवार निधन भएको थियो।

प्रकाशित मिति: : 2020-09-23 12:00:04

प्रतिकृया दिनुहोस्