यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
तेजन खड्का
बिएल नेपाली सेवाकाे 'कला–साहित्य स्तम्भ'मा अभिनेत्री सृजना सुब्बासँग छाेटाे तर राेचक संवाद गरेका छाैँ।
लामो संघर्षले अभिनेत्री सुब्बा कलाकारिताक्षेत्रमा स्थापित भइसकेकी छिन्। उनले थियटरबाट करिअरको सुरूवात गरेकी हुन्। फिल्मसँगै थियटरमा पनि उनी उतिकै सक्रिय छिन्।
प्रस्तुत छ, उनै अभिनेत्रीसँग आफूलाई मनपर्ने अभिनेता, अभिनेत्री, मन्दिर, खाना, ठाउँलगायत विषयमा सटीक कुराकानी–
मन्दिर: मलाई स्वयम्भू मन पर्छ। किनकी अन्य मन्दिरको जस्तो त्यहा अलि कोलाहल हुदैन्। स्वयम्बुको संचरना र वनावट मनपर्छ।
खाना: नेपाली खाना दालभात, तरकारी त भईहाल्यो नै। तर पनि मलाई कोरियन,चाइनिज खाना मनपर्छ।
ठाउँ: रारा, मुगु– सबैभन्दा हाइटमा ताल छ। ठाउँ विकट भएपनि सम्भावना धेरै छ। त्यहाँको मनोरम दृश्यमा रम्न मन पर्छ।
अभिनेता: सौगात मल्ल– थियटरको गरिमा सौगात जस्ता प्रतिभाशाली कलाकारको कारण बढेको छ। सौगातको काम गराई सय प्रतिशतमा सय नै मत दिन्छु।
अभिनेत्री: गौरी मल्ल– समय र उमेरसँगै उहाँको अभिनय सुहाउदो किसिमको पाउछु। उहाँको अभिनय काम गर्ने शैली मनपर्छ।
फिल्मः माई लेफ्ट फुट– यो फिल्मको स्टोरी एकदमै मनपर्छ।
पुस्तक: द सेकेण्ड सेन्स– महिला सम्बन्धी लेखिएको यस पुस्तकबाट धेरै शिक्षा लिन सकिन्छ।
गीत: भरै फेरि एकान्तमा रुनु त छदैछ– नारायण गोपालको यो गीत म एकदमै सुन्छु। राती मा २–३ चोटी सुन्छु। अनि मन बुझाउछु।
गायकः प्रेमध्वज प्रधान– कारण चाँहि नभनौ हाेला।
गायिका: रिमा गुरुङ– उहाँको भ्वाईसमा निखारपन पाउछु। गाउने शैली राम्रो छ।
सवारी: स्कुटी छ। आफ्नो स्कुटी त मनपर्ने कुरो भईहाल्यो नै। तर भविष्यमा स्कारपियो लिने सपना छ।
मौषम: गर्मीमा जाडो, जाडोमा गर्मी।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया