आइतबार, ०७ सेप्टेम्बर २०२५

गर्मीमा जाडो, जाडोमा गर्मी मनपर्छः रंगकर्मी सृजना

तेजन खड्का

तेजन खड्का

काठमाडौं
News Image
• • •

बिएल नेपाली सेवाकाे 'कला–साहित्य स्तम्भ'मा अभिनेत्री सृजना सुब्बासँग छाेटाे तर राेचक संवाद गरेका छाैँ।

लामो संघर्षले अभिनेत्री सुब्बा कलाकारिताक्षेत्रमा स्थापित भइसकेकी छिन्। उनले थियटरबाट करिअरको सुरूवात गरेकी हुन्। फिल्मसँगै थियटरमा पनि उनी उतिकै सक्रिय छिन्। 

प्रस्तुत छ, उनै अभिनेत्रीसँग आफूलाई मनपर्ने अभिनेता, अभिनेत्री, मन्दिर, खाना, ठाउँलगायत विषयमा सटीक कुराकानी–


मन्दिर: मलाई स्वयम्भू मन पर्छ। किनकी अन्य मन्दिरको जस्तो त्यहा अलि कोलाहल हुदैन्। स्वयम्बुको संचरना र वनावट मनपर्छ।

खाना: नेपाली खाना दालभात, तरकारी त भईहाल्यो नै। तर पनि मलाई कोरियन,चाइनिज खाना मनपर्छ।

ठाउँ: रारा, मुगु– सबैभन्दा हाइटमा ताल छ। ठाउँ विकट भएपनि सम्भावना धेरै छ। त्यहाँको मनोरम दृश्यमा रम्न मन पर्छ।

अभिनेता: सौगात मल्ल– थियटरको गरिमा सौगात जस्ता प्रतिभाशाली कलाकारको कारण बढेको छ। सौगातको काम गराई सय प्रतिशतमा सय नै मत दिन्छु।

अभिनेत्री: गौरी मल्ल– समय र उमेरसँगै उहाँको अभिनय सुहाउदो किसिमको पाउछु। उहाँको अभिनय काम गर्ने शैली मनपर्छ।

फिल्मः माई लेफ्ट फुट– यो फिल्मको स्टोरी एकदमै मनपर्छ।

पुस्तक: द सेकेण्ड सेन्स– महिला सम्बन्धी लेखिएको यस पुस्तकबाट धेरै शिक्षा लिन सकिन्छ।

गीत: भरै फेरि एकान्तमा रुनु त छदैछ– नारायण गोपालको यो गीत म एकदमै सुन्छु। राती मा २–३ चोटी सुन्छु। अनि मन बुझाउछु।

गायकः प्रेमध्वज प्रधान– कारण चाँहि नभनौ हाेला।

गायिका: रिमा गुरुङ– उहाँको भ्वाईसमा निखारपन पाउछु। गाउने शैली राम्रो छ।

सवारी: स्कुटी छ। आफ्नो स्कुटी त मनपर्ने कुरो भईहाल्यो नै। तर भविष्यमा स्कारपियो लिने सपना छ।

मौषम: गर्मीमा जाडो, जाडोमा गर्मी।

शनिबार, पौष १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!