पन्जाबसँग बैंगलोरको लजास्पद हार

युएईमा जारी १३औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहिबार भएको छैठौं खेलमा किंग्स ११ पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सानदार जित निकालेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले ९७ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा शीर्ष स्थानमा उक्लिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रनको विशाल योगफल तयार पारेको थियो।

पञ्जाबको जितका कप्तान केएल राहुलले शतकीय पारी खेले। उनले ६९ बलमा १३२ रन जोड्दै पञ्जाबको पारी उकासे। त्यस्तै मयंक अग्रवालले २६ रन तथा निकोलस पुरनले १७ रन जोडेका थिए।

बैंलोरका लागि शिवम दुवेले २ विकेट लिँदा युजवेन्द्र चहालले १ विकेट लिएका थिए।

२०७ रनको ठूलो लक्ष्य पछ्याएको बेङ्लोरका ब्याट्सम्याहरु चल्न सकेनन्। बेङ्ग्लोरले १७ ओभर सकिँदा १०९ रनमा अलआउट भयो।

बेङ्ग्लोरका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाउँदा एबि डी भिलियर्सले २८ तथा आरोन फिन्सले २० रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन। कप्तान विराट कोहली समेत १ रन बनाएर आउट भएका थिए।

पञ्जाबका लागि रबि बिस्नोइ र मुरुगन अश्विनले सर्वाधिक ३/३ विकेट लिँदा सेल्डन कोट्रेलले २ विकेट तथा मोहम्मद सामी र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

अघिल्लो खेलमा बेङ्ग्लोरले सन राइजर्स हैदराबादमाथि जित निकालेको थियो भने पञ्जाब दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।

राहुल आईपीएलको एकै पारीमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी

केएल राहुल इण्डियन प्रिमियर लिग (आईपीएल) को एकै पारीमा सर्वाधिक रन जोड्ने पहिलो भारतीय खेलाडी बनेका छन् । किङ्‌स इलाभेन पञ्जाबका कप्तान राहुलले एकै पारीमा सार्वाधिक १३२ रन जोडका हुन् ।

विकेट किपर ब्याट्सम्यान राहुलले १३ औं संस्करणको आईपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध यो रेकर्ड बनाएका हुन् । यससँगै राहुलले यसअघि ऋसभ पन्तको नाममा रहेको उक्त कीर्तिमान आफ्नो नाममा राखेका छन् ।  

पन्जाबका लागि ओपनिङ ब्याटिङ गर्न आएका राहुले ६९ बलको सामना गर्दै १४ चौका र ७ छक्काको मद्दतमा १३२ रनको शतकीय पारी खेलेका थिए । यो जारी आईपीएलको शतक समेत हो । १ सय ५७ रन बनाउँदा १८ ओभर सक्काएको पञ्जाबका लागि राहुलले १९ औं ओभरमा बलर डेल स्टेनलाई २६ रन हिर्काएका थिए ।

बैंग्लोरविरुद्ध सर्वाधिक रन बनाउने भारतीय खेलाडीको कीर्तिमान बनाएका राहुलले अहिलेसम्म आईपीएलमा अहिले ६९ खेल खेलेका छन् । जसमा ६० पटक ब्याटिङ गर्दा १२ पटक अविजित रहँदै २१ सय ३० रन प्रहार गरेका छन् । राहुलले अहिलेसम्म आईपीएलका ६९ खेल खेलेका छन् । जसमा ६० पटक ब्याटिङ गर्दा १२ पटक अविजित रहँदै २ हजार १३० रन जोडेका छन् ।

यसअघि आईपीएलको एकै पारीमा सर्वाधिक रन जोड्ने भारतका रिसभ पन्त १ सय २८ रन जोडका थिए । पन्त अब दोस्रो स्थानमा झरेका छन् । त्यस्तै मुरली विजयले १ सय २७ रन बनाउँदै तेस्रो स्थानमा छन् भने विरेन्द्र सेहवागले  एकै पारीमा १ सय २२ रन जोड्दै चौथो स्थानमा छन् । ऋदीमन साहले एके पारीमा १ सय १५ रन जोडका थिए ।

आईपीएलको इतिहासमा एकै पारीमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान भने वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनले यसअघि पुने सुपर जाइन्टविरुद्धको खेलमा सर्वाधिक १ सय ७५ रन बनाएका थिए । 

प्रकाशित मिति: : 2020-09-24 23:43:15

प्रतिकृया दिनुहोस्