युएईमा जारी १३औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले दोस्रो खेलमा अहिले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।
सन्दीप लगातार दोस्रो खेलमा टिममा नपरेका हुन्।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सन्दीप आबद्द टिम दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ।
चेन्नईले टस जितेर बलिङ रोजेपछि दिल्लीले पहिले ब्याटिङ गर्ने भएको हो।
श्रेयस आयरको कप्तानीमा मैदान उत्रिएको दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ।
पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रेको चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ।
पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो।
तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो।