सागर उदासको ‘जम्काभेट’ मा सन्तोष लामाको स्वर (भिडियो)

प्रेम, जीवन र संघर्षको विषयमा कलम चलाउन खप्पिस गीतकार सागर उदासले ‘जम्काभेट’ बोलको गीतको भिडियो बजारमा आएको छ।

सुदिप पौडेलको निर्देशनमा तयार भउको भिडियो हाइलाइट्स म्यूजिकबाट रिलिज भएको उदासले बताए। संगीतकार हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको आवाजमा रहेको छ ।

पहाडकी रानी बन्दिपुरलगाएत विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा आर.भी सुनाम र सिमरन श्रेष्ठको अभिनय रहेको छ।

हाल अष्ट्रेलिया निवासी सुमन क्षेत्रीको लगानीमा निर्माण भएको उक्त भिडियोको कोरियोग्राफी बबिता थापाको छ। हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाँकन र सम्पादन रमेश शर्माले गरेका छन्।

रोशन शर्माको एसोसियट निर्देशनमा तयार भिडियोले सबैको मन जित्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: : 2020-09-27 22:47:47

प्रतिकृया दिनुहोस्