गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : उपकरण जडानका लागि ३५ चिनियाँ प्राविधिकले पाए नेपाल आउने अनुमति

९५ प्रतिशत उपकरण निर्माणस्थलमा आइपुगे

काठमाडौं–भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडानका लागि आवश्यक दक्ष प्राविधिक ल्याउन नेपाल सरकारले अनुमति दिएको छ।

नेपाल सरकारले ३५ चिनियाँ प्राविधिकलाई नेपाल आउनु अनुमति दिएको आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए। जसमा १० देखि ११ जनाले भिसासमेत प्राप्त गरेर नेपाल आउने क्रममा रहेको उनको भनाइ छ।

३५ प्राविधिकमध्ये पहिलो लटमा आउनका लागि भिसा प्राप्त गरिसकेका १० प्राविधिक भने सेन्ट्रल एसी जडानका लागि आउने अधिकारीले बताए। त्यसबाहेकका २ टीम रनवे तथा ट्याक्सी–वेको लाइटिङ जडान र र  टर्मिनल भवनका सेन्ट्रल एसीबाहेकका उपकरण जडान गर्ने प्राविधिक छन्।

९५ प्रतिशत उपकरण आइपुगे 
कोरोना संकट सुरुभएसँगै आउन नसकेको उपकरण पनि नेपाल आइसकेको अधिकारीले बताए। अधिकारीका अनुसार ९५ प्रतिशत उपकरण विमानस्थल निर्माणस्थलमा ल्याइसकिएका छन् भने अन्य आउने क्रममा छन्।

प्रकाशित मिति: : 2020-09-29 12:59:13

प्रतिकृया दिनुहोस्