प्रमोद खरेलको ‘छाती चिरेर’ सार्वजनिक (भिडियो)

नेपाली संगीत क्षेत्रका एक बहुप्रतिभाशाली तथा लोकप्रिय गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोदको सुमधुर स्वरमा रहेको ‘छाती चिरेर’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको हो ।

‘छाती चिरेर’ बोलको सो गीतमा शब्द सृजना गायक प्रमोदकै रहेको छ भने संगीत हरि लम्सालले भरेका छन्। निर्देशक दिपक प्रसाद आचार्यको निर्देशन रहेको सो गीतको भिडिओमा नायिका रिचा शर्मा र गायक प्रमोदको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । साथै किरण केसी, सबिना महर्जन, निर्मल श्रेष्ठ र सन्तोष बायालकोटीको पनि अभिनय रहेको छ ।

म्युजिक भिडियोको अवधारणा भने निर्देशन दिपकको रहेको छ । अनुज तिवारी एण्ड टिमको छायांकन रहेको सो भिडिओ निर्माण भने दीपा खरेलले गरेकी हुन्। साथै चन्दन दत्ताको सम्पादन रहेको छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

प्रकाशित मिति: : 2020-09-29 13:22:09

प्रतिकृया दिनुहोस्