गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

चर्चित गायक दुर्गेश थापाले चलचित्रमा इन्ट्री गरेका छन् । यसअघि दीपकराज गिरीको चलचित्र ‘छ माया छपक्कै’ मा प्रोमोसनल गीतमा देखिएका दुर्गेशले अब नायकको भूमिका निभाउने भएका छन् ।

उनी नयाँ चलचित्र ‘ए मेरो हजुर ४’मा जोडिएका छन् । उनी गायक र मुख्य एक भूमिकामा अनुबन्धित भएका छन् । 

‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको छायाँकन आगामी शुक्रबारबाट सुरु गर्ने निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

चलचित्रको निर्देशन झरना थापाले गर्दैैैछिन् । यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाइएको छैन ।

प्रकाशित मिति: : 2020-09-29 13:23:59

प्रतिकृया दिनुहोस्