विद्यार्थीलाई पढ्ने बानीको विकास गराउन शैक्षिक सामग्री वितरण

लामो समय विद्यार्थी नभएर सुख्खा रहेको अशाोक नमुना आधारभूत विद्यालय लकडाउनअघि शैक्षिक सत्रको पहिलाो दुई महिना हरावरा थियाो। 

लकडाउन यता नखुलेपछि विद्यालय फेरि उस्तै देखिएको छ। तथापि यो विश्वका अधिकांश विद्यालयहरुले भाोगेको समस्या हो।

अशोक नमुनाले आफ्ना विद्यार्थीसँग नियमित सम्पर्क, अभिभावकहरुसँगको सामिप्यता र शिक्षकसमेत परिचाल गराउनलाई व्यवस्थापन समिति सक्रिय रहेपछि विद्यालय एक कदम अगाडि बढेको छ।

कोरोना माहामारीको विश्वव्यापी प्रभावसँगै शिक्षा क्षेत्र नराम्ररी प्रभावित बनेको बेला स्कुल, विद्यार्थी र किताब, कापीकलम अपरिचित भएका छन्। तथापी अशोक नमुना आधारभूत विद्यालयले नियमित सम्पर्क गर्ने कोशिस गरिरहेको छ।

लकडाउन लगत्तै आपतमा परेका विद्यार्थीलाई राहत र अध्ययन सामग्री उपलब्ध गराएको विद्यालयले यतिबेला पुन: झोला र शैक्षिक सामग्री उपलब्ध गराएको छ। स्कुलले आफ्ना दुई सय विद्यार्थीलाई सहयोग गरेको हो।

न्यानो स्वागत नेपालको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लबको समन्वयमा विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री र झोला वितरण गरिएको अशोक नमुनाका अध्यक्ष महेन्द्र कार्कीले बताए। 

'लामो समयको लकडाउनबाट प्रभावित विपन्न बालबालिकालाई राहत र पढ्ने बानी विकासका लागि शैक्षिक सामाग्री वितरणको प्रबन्ध मिलाएका हौं,' उनले भने, 'शैक्षिक सामाग्रीहरु सुरक्षित रहोस् भनी झोला पनि उपलब्ध गराइएको हो।'

विद्यालयको व्यवस्थापन राम्रो भएकाले विद्यार्थी संख्या बढेको छ। सामुदायिक विद्यालय प्रति अभिभावक तथा बालबालिकाको आर्कषण बढाउनका लागि विभिन्न निकायसँग सहकार्य गरी उदाहरणीय कदम चालिएको कार्कीले थपे।

'हामीले विद्यालयमा जीवन उपयोगी र गुणस्तरीय  शिक्षा प्रदानका लागि हरेक हप्ता सृजनात्मक गतिविधि गरिरहेका छौं,' उनले भने, 'कोरोना महामारीले केही असर गर्‍यो। तर आगामी शैक्षिक शत्रमा विद्यार्थी टाँठा बनाउने कोशिस जारी रहनेछ।'

कोरोनाका कारण बालबालिकाको पढाई बाधा भएपछि विभिन्न निकायसँग सहकार्य गरी बेलाबेलामा सन्दर्भ सामाग्री वितरण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-29 18:39:00

प्रतिकृया दिनुहोस्