यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बाह्रखरी
काठमाडौं। सधैँ हँस्सीमजाक गरेर जहाँ गयो, त्यहाँको माहोललाई हँसिलो र रमाइलो बनाउने खुबी वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसँग छ। कोरोनालाई हराएर बल्लबल्ल तंग्रिन खोजिरहे पनि मंगलबार हामीसँग भेट्दा उनको ठट्यौली गर्ने जोस भने उही पुरानै थियो। उनी आफ्नै अन्दाजमा नम्र स्वारमा बेलाबेला ठट्यौली शैलीमा प्रस्तुत भइरहेका थिए।
केही बेरको कसरतपछि आफूले लगाएको हल्का हरियो टिसर्टमा टपक्क मिल्ने गरी पिन माइक राख्नेबित्तिकै उनले भने, “बल्ल पर्यो राधिका कृष्णजीको फेला !”
करिब तीन महिना घर र अस्पतालको शय्यामा बिताएका उनी पछिल्लो एक सातादेखि भने काममा फर्किएका छन्। सुरुमै लामो समयदेखि पेन्डिङमै रहेको महसञ्चारको ब्यानरमा बनेको जनचेतनामूलक भिडियोको काम सकेका छन्। यसका साथै उनको पेन्डिङ लिस्टमा अरु पनि थुप्रै कामहरु छन्। ती अब विस्तारै सुरु गर्ने तरखरमा लागिसकेका छन्।
कोरोनाले थला परिरहँदा कहिले निको भएर फेरि काममा फर्कने भन्ने आतुरता उनमा थियो। “कोरोनाअघि चारवटा गीतको तयारी हुँदै थियो। दुईवटाको रेकर्डिङको काम फत्ते भइसकेका थिए भने दुईवटा हुन पाएन। त्यही पेन्डिङमा रहेको काम कहिले फत्ते गर्ने होला भनेर आतुर थिएँ,” उनले सुनाए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया