ठोरीमा हात्तीको उपद्रो, थुपारेको धानमा क्षति

पर्साको ठोरी गाउँपालिकामा सोमबार राति जङ्गली हात्तीले धान बालीमा क्षति पुर्‍याएको छ। 

चितवन राष्ट्रिय निकुन्जबाट मध्यरात किसानको खेतमा प्रवेश गरेको हात्तीले किसानले थुपारेर राखेको धानसमेत खाएको हो।  

गएराति वस्ती प्रवेश गरेको हात्तीले ठोरी ३ बुद्धनगरका जोगिन्द्र राम रविदासले थुपारेर राखेको धान बाली  खानुका साथै नष्ट समेत गरेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। रविदासले १ बिदा खेतमा लगाएको धान काटेर थुपारेका थिए।  

धान झार्नका लागि थुपारेर राखेको ठाउँमा नै हात्तीको बथान पसेर नोक्सान गरेको अध्यक्ष बस्नेतले बताए।   

उता गएराति नै चितवन राष्ट्रिय निकुन्जबाट प्रवेश गरेको एक्लो हात्तीले रातभर ठोरी २ इच्छानगरमा पनि किसानको धानबालीमा क्षति गरेको छ। 

किसानले भित्र्याउने तयारी गरेको धानबालीमा जङ्गली हात्तीले रातभर क्षति गरेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बस्नेतले जानकारी दिए। 

उनले हात्तीले कति क्षति पुर्‍याएको हो सोको तथ्याङ्क लिने काम समेत भैरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-29 17:44:52

प्रतिकृया दिनुहोस्