शेखर कपुर एफटिआइआइको अध्यक्ष नियुक्त

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा चर्किएको परिवारबादको मुद्धालाई सशक्त रूपमा उठाउने चर्चित फिल्म निर्माता–निर्देशक शेखर कपुरलाई एफटिआइआइ (फिल्म एन्ड टेलिभिजन इन्स्टियुट अफ इन्डिया) को अध्यक्ष नियुक्त गरिएको छ। 

केन्द्रीय सूचना एव प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्वीटमार्फत यसको जानकारी दिँदै भने, ‘चर्चित अन्तर्राष्ट्रिय फिल्मकर्मी शेखर कपुरलाई एफटिआइआइ सोसाइटीको अध्यक्ष नियुक्त गरेको कुरा बताउन पाउँदा खुसी  लागेको छ।’

शेखर कपुरलाई सन् २००० मा भारत सरकारले पद्मश्रीबाट सम्मानित गरेको थियो। ७४ वर्षीय शेखरले मासुम, बेन्डिट क्वीन, मिस्टर इन्डिया, एलिजाबेथ जस्ता उत्कृष्ट फिल्म बनाएका थिए।

प्रकाशित मिति: : 2020-09-30 09:36:08

प्रतिकृया दिनुहोस्