चैतन्य सरको अनलाइन क्लास (पहिलाे घन्टी)

शिलापत्र

काठमाडौँ

चैतन्य मिश्र

समाज र संसारमा जे कुरा व्याप्त छ, त्यसलाई समाजशास्त्रीय आँखाले हेर्नुपर्छ भन्ने मान्यताअन्तर्गत चर्चा सुरु गरौँ ।

यो कोभिड कुन हदसम्म प्राकृतिक, कुन हदसम्म भौतिक, कुन हदसम्म रासायनिक, कुन हदसम्म चिकित्सकीय, कुन हदसम्म रोगशास्त्रीय र कतिसम्म सामाजिक कुरा हो भन्ने निर्क्याेल गर्न खोज्दै छु । समाजशास्त्रीय मात्रै नभएर सामाजिक शास्त्रका आँखाले पनि हेर्ने प्रयास गर्दै छु ।

धेरैैजसोको राय छ – ‘भाइरस आएर हामीलाई गाँजेकाले यो रोगको महामारी प्राकृतिक कुरा हो ।’ यो कुरो एक किसिमले साँचो पनि होला । म भने अलि पृथक् धारणा राख्छु– यस्ता भाइरस त अर्बौं, खर्बौं छन्, संसारभरि । तर, ती सबैले हामीलाई छोएका छैनन् । यद्यपि इतिहासमा विफर र प्लेगजस्ता महामारीबारे हामीले पढेका छौँ । नेपालकै सन्दर्भमा हेर्दा पनि यस्ता महामारी पटक–पटक आएको हामीलाई थाहा छ । साढे ३ सय वर्षको इतिहास समेटिएको ‘गोपालराज वंशावली’ मात्रै हेर्दा पनि मल्लकालमा चलेको महामारी साे वंशावलीमा उल्लेख भएकाे पाइन्छ । 

अहिले व्याप्त भाइरसलाई एउटा नाम दिइएको छ– सार्स सीओभी–२, जसले कोभिड रोग ल्यायो । त्यो भाइरसको पहिले नामै थिएन । तर, संसारको कुनै प्राणीमा उक्त भाइरस त थियो नै । यो जैविक वा प्राकृतिक पक्ष भयो । यतातिर पनि नजाऔँ ।

प्रकाशित मिति: : 2020-10-01 11:57:23

प्रतिकृया दिनुहोस्