६ महिनापछि खुल्दै भारतमा हल

भारतको केन्द्रिय सरकारले हल खोल्ने अनुमति दिएको छ। 

अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गर्दै अक्टुबर १५ तारिखबाट हल खोल्नका लागि अनुमति दिइएको छ।

केन्द्रिय सरकारले सार्वजनिक गरेको एसओपी अनुसार प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न पाउनेछन्। 

भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिएपनि सरकारले हल खोल्ने निर्णय गरेको हो। 

भारतका केही राज्य सरकारले भने आजबाट नै हल खोल्ने अनुमति दिइसकेका छन्।

कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भएका थिए। चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे।

तर, केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन्। अब दर्शकहरुलाई भारतका प्रदर्शकहरुले स्वागत गर्ने छन्। यस्तै, बलिउडका कलाकारहरुले पनि यो खबरले उत्साहित भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-10-01 14:42:43

प्रतिकृया दिनुहोस्