विवादस्पद अभिनेत्री मिस्टीको ‘किड्नी फेल’ बाट निधन

बंगाली तथा हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री मिस्टी मुखर्जीको किड्नीको समस्याका कारण निधन भएको छ। 

मिस्टीको निधन बेङ्लुरुमा शुक्रबार भएको र शनिबार उनको अन्तिम काजक्रिया सम्पन्न गरिएको भारतीय अखबारले जनाएका छन्। 

मिस्टीका नजिकका साथी राजु करियाले दुःख जाहेर गर्दै लेखेका छन्, ‘मेरो र उनको १० वर्ष पुरानो सम्बन्ध थियो। हालै एउटा पार्टीमा भेट पनि भएको थियो। यतिबेला उनले २०२० पछि हंगामा गर्नुपर्छ भनेकी थिइन्।’

 मिस्टीमाथि २०१४ मा सेक्स र्‍याकेट सञ्चालन गरेको आरोप लागेको थियो। उनको घरमा प्रहरीको छानवीन हुँदा केही सिडी र टेप बरामद भएका थिए।

प्रहरीले एक आइएएस अधिकारी ओपी गुप्ताको घरमा छापा मार्दा हाई प्रोफाइल सेक्स र्‍याकेट समातिएको थियो। प्रहरीले उनलाई पनि आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो। 

मिस्टीले बलिउड फिल्म ‘लाइफ कि तो लग गई’ बाट करिअरको सुरुवात गरेकी थिइन्।
 

प्रकाशित मिति: : 2020-10-04 18:06:41

प्रतिकृया दिनुहोस्