मुन्द्रेको कमेडी क्लबबाट दीपाश्रीको सट्टा करिष्मा मानन्धर

कलाकार जितु नेपालले चलाउँदै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय भैरहेका बेला विश्वमै कोरोना महामारी फैलियो । त्यसको असर नेपालमा सुरु भएलगत्तै भएको लकडाउनका कारण यो शो पनि बन्द भयो । 

बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ यहीँ असोज २६ गतेबाट पुनः सुरु हुने भएको छ । तर, यो शो को अध्यक्षमा रहेकी दीपाश्री निरौला अबका शृखलामा नदेखिने भएकी छिन् । उनको ठाउँमा अभिनेत्री करिष्मा मानन्धरलाई भित्र्याइएको छ। 

मुन्द्रेको कमेडी क्लबबाट बाहिरिएपछि दीपाश्रीले जितु नेपाल र मुन्द्रेको कमेडी क्लब टीमलाई धन्यवाद दिएकी छिन् । उनले छिट्टै टेलिभिजनको पर्दामा देखिने समेत बताएकी छिन्। 

लामो समयपछि सुरु हुन लागेको ‘मुन्द्रेको कमेडी क्लब’को यो दोस्रो सिजन भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद पस्कनका लागि कमेडी क्लबमा केहि हेरफेर गरिएको जितु नेपालले बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनको पहिलो भाग असोज २६ गतेदेखि हरेक सोमबार साँझ प्रसार हुने छ। 

‘मुन्द्रेको कमेडी क्लब’ नयाँ सिजनमा करिश्माका साथमा खड्गबहादुर पुन मगर पनि देखिने छन्।  नयाँ सिजनमा कलाकारसँगै सेटअप पनि नयाँ देखिने जितुले बताए। 

प्रकाशित मिति: : 2020-10-05 14:24:14

प्रतिकृया दिनुहोस्