बिएल विथ जुम

जुमकाे महाराजगञ्ज शाखा भव्य रुपमा उद्घाटन हुँदै, ५० प्रतिशतसम्म छुट

जुम ब्यूटी एकेडेमीले महाराजगञ्ज शाखाको भव्य रुपमा उद्घाटन गर्ने भएको छ। 

महिलाहरूलाई सक्षम बनाउने उद्देश्य बोकेको जुमले यही भदौ–९ गते शनिबारको दिन शाखाको उद्घाटन गर्न लागेको हो। 

उक्त कार्यक्रममा जुमकी ‘ब्रान्ड एम्बेस्टर’ तथा अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, सलोन बस्नेत र ‘मेमोरी किङ’ नबल पजियारको विशेष उपस्थिती रहने एकेडेमी संस्थापक जुनु चक्रधरले बताइन्। उनका अनुसार महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गर्न लागिएको हो।

नेपालमा दिन प्रतिदिन बेरोजगारीको संख्या बढ्दो छ। अधिकांश महिलाहरू घर चलाउनका लागि विदेशिनु बाध्य भएका छन्, सोही कारणलाई मध्यनजर गर्दै जुमले महिला सशक्तिकरण लागि विभिन्न कोर्शहरू भित्र्याएको छ। 

विदेशमा कमाइने हुने तलब स्वदेशमै उपलब्ध गराउन सक्षम रहेको जुमले ‘स्वरोजगारी’ को अभियान नै चलाएको छ। जसकारण जुमले कैयौं बेरोजगारीमा जीवन बिताइरहेका महिलाहरूलाई सक्षम बनाउन सफल भएको छ। 

‘हामीले महिलाहरूकै लागि विभिन्न कोर्शहरू ल्याएका छौं। उहाँहरूलाई सक्षम बनाउनु नै हाम्रो उद्देश्य हो, त्यसैको लागि हामी जुमलाई स्थापना गरेका हौं’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै चक्रधरले भनिन्, ‘नेपालको जटिल समस्या बेरोजगारीलाई हटाउने नै जुमको लक्ष्य हो।’

एउटी महिलाले चाह्यो भने नेपालमै काम गरेर सफल हुन्छिन् भन्ने एउटा गहकिलो उदाहरण बनेकी जुनु भन्छिन्, ‘यदी कुनै व्यक्ति बेरोजगार छ तर उनमा काम गर्ने जुनुन छ भने जुममा आउनुहोस्, जुमले सक्षम बनाउने छ।’ 

जुम ब्यूटी एकेडेमीको हालसम्म काठमाडौं उपत्यकाभित्र कुपनण्डोल, कंलकी, महाराजगञ्ज, भक्तपुर, बौद्ध, तिनकुने, गंगबु, बालाजु, बनेपा, ग्वार्को र स्वयम्भू गरी ११ वटा शाखा छन् भने थप कौशलटारमा १२ औं शाखाको पनि छिट्टै स्थापना हुने एकेडेमीले जनाएको छ।

जुमले दिँदैछ ३० देखि ५० प्रतिशत छुट

जुमले आउँदो शनिबार महाराजगञ्ज शाखाको उद्घाटन अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिने भएको छ। सोही दिन एकेडेमीमा भर्ना हुन आउने विद्यार्थीहरूका लागि २५ देखि ५० प्रतिशत छुट दिइने भएको छ भने जुममा सेवा लिन आउने ग्राहकहरूले भने ३० प्रतिशतसम्मको छुट पाउन सक्छन्।

ब्यूटी सेक्टरमा करिअर बनाएर अघि बढ्न चाहनेहरूलाई जुमले दिएको अवसरलाई नछोड्न आग्रह गर्दै चक्रधर भन्छिन्, ‘यो अवसर र मौका तपाईंहरूको लागि हो।’ त्यसैगरी जुमले अमेरिका, अष्ट्रेलियालगायत विभिन्न यूरोप जानेहरूलाई विशेष कोर्श सिकाउँदै आइरहेको छ।

जुमले आउँदो शनिबार दिएको विभिन्न अफर एकेडेमीको ११ वटै शाखाका लागि हुनेछ। त्यसैले ग्राहकलगायत विद्यार्थीहरूले जुमको जुनसुकै शाखामा पनि सम्पर्क गर्न सक्नेछन्। जसका लागि 𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟳𝟮, 𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟲𝟰, 𝟵𝟴𝟱𝟭𝟬𝟯𝟭𝟬𝟱𝟯, 𝟵𝟴𝟱𝟭𝟭𝟲𝟲𝟴𝟱𝟬 लगायतका नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।  

प्रकाशित मिति: : 2023-08-21 13:00:00

प्रतिकृया दिनुहोस्