कालीमाटीको तीनपुस्तै चंगा पसल (भिडियोसहित) 

शनि शाक्य

काठमाडौं

कालीमाटीको मानन्धर चंगा पसल पुरानो मध्येकै एक हो। तीन पुस्तादेखि निरन्तर चलिरहेको चंगा पसलले यसपाला कोरोनाले केही फाइदासँगै ठूलो घाटा व्यहोर्‍यो।

‘मेरो हजुरआमाले सुरू गरेको व्यवसाय बुवाहुँदै अहिले हामीले पनि यसलाई निरन्तरता दिएका छौ’, सञ्चालक सुन्दरमान मानन्धरले बताए।
पछिल्लो समय हराउँदै गएको चंगा लकडाउनले पुनः जुर्मुराएको मानन्धरले बताए।

होलसेल र खुद्रा ब्यापार गर्दै आएका मानन्धरले यसपाला विगत ५-६ वर्षकै सबैभन्दा बढी व्यापार गरे।

‘अरू वर्षमा भन्दा यो वर्षमा धेरै ब्यापार भएको छ। बिगद ५-६ वर्षयता चंगा उडाउने परम्परा हराउँदै गएको थियो। तर लकडाउनपछि अहिले धेरै नै छ। स्कुल कलेज बन्द भएकाले प्राय घरमै बसेका बालबालिकाको चंग्राप्रति आकर्षण देखिएका छन्,’ उनले भने।

चल्ने छोडेपछि व्यवसाय नै परिवर्तन गर्ने सोचमा रहेका मानन्धर लकडाउनपछि उत्साहित भएका छन्।

‘हामीले यो ब्यावसाय छाड्ने तयारी गरेका थियौं। तर अहिले फेरि जाँगर पलायो’, उनले भने। 

उनको पसलमा ५ रूपैयादेखि ५० रूपैयासम्मका चंगा पाइन्छ। भारतबाट सामान आयात गरेर सानो ठूलो विभिन्न आकारमा बनाएर उनले बिक्री वितरण गर्दै आएका छन्। भारतको कलकत्ता र बरेलीबाट उनले सामान मगाउने गर्छन्।

‘अहिले डिमान्ड बढेको छ। तर माग अनुसार भारतबाट सहज रुपमा सामान आएको छैन । ल्याउने मान्छेपनि डराउँछन्’, उनले भने।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-10-05 17:19:00

प्रतिकृया दिनुहोस्