नेपाल टि– २०

म्याच फिक्सिङकाे आशंकामा तीन निकायले अनुसन्धान गर्दै, भेटिएला त प्रमाण ?

नेपाल क्रिकेट संघ (क्यान) जारी नेपाल टि– २० लिगमा म्याच फिक्सिङकाे आशंकापछि आलाेचना नै आलाेचनाले घेरिएकाे छ। इतिहासमा पहिलाे पटक म्याच फिक्सिङकाे आराेप व्यहाेरेकाे क्यानमाथि अहिले तीन वटा निकायले विशेष तरिकाले अनुसन्धान गरिरहेका छन्।

भारतीय कम्पनीसँग आयाेजनाकाे सम्झाैता गरेर विवादकाे बीउ राेपेकाे क्यानकाे लागि खेलाडी र कमेन्टेटरले लगाएकाे आराेप निक्कै महंगाे सावित भएकाे छ। जसका कारण पहिलाे पटक लिग आयाेजना गरेर उत्साह मनाउनुपर्ने क्यान अनेकाैँ आराेपसँग जुघ्न बाध्य भएकाे छ।

क्यानमाथि लागेकाे आराेप अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सम्म पुगेकाे छ। म्याच फिक्सिङ भएको आंशकाबारे चर्चा भएपछि यसको थप अनुसन्धानका लागि आइसीसी टोली नेपाल आएको थियो। अहिले म्याच फिक्सिङकाे आशंकामा आइसीसीसँगै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुसन्धन गरिरहेका छन्।

सिआइबीले कसरी गर्दैछ अनुसन्धान ?

सिआइबीले क्यानको आग्रहमा टि- २० प्रतियोगिताको सुरुदेखि नै सट्टेबाजी गर्नेलाई निगरानी गरिररहेको थियो। तर, मगंलबार त्रिवि मैदानमा घटेको घटनापछि सीआइबी यस अनुसन्धानमा लागि परिरहेको छ।

म्याच फिक्सिङ भएको आंशकापछि सिआइबीले यसबारे मगंलबारबाट नै अनुसन्धान सुरु गरेको थियो। सोही दिन नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तना तथा काठमाडौँ नाइटसका कप्तना ज्ञानेन्द्र मल्लले पनि आफ्नाे टिमको एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको बताएपछि टि– २० लिग झन विवास्पद बन्दै गएकाे थियाे।

यता, सिआइबीले बाहिर म्याच फिक्सिङबारे जति कुरा आए पनि अहिलेसम्म यसबारे केही प्रमाण नभेटेको सिआइबीका प्रवक्ता श्याम महतले जनाकारी दिए।

‘अहिले धेरै सञ्चार माध्यममा म्याच फिक्सिङमा संलग्न व्यक्ति पक्राउ भन्ने खालकाे समाचार आइरहेका छन्। त्याे सरासर गलत हाे। हामी अहिले पनि यही अनुसन्धानमा लागि परिरहेका छौँ। आजसम्म सिआइबीले म्याच फिक्सिङमा संलग्न व्यक्ति तथा प्रमाणहरु काेही फेला परेकाे छैन,’ प्रवक्ता महतले भने।

कुनै पनि प्रमाण पुष्टि नभएसम्म म्याच फिक्सिङ भएको भन्न नमिल्ने उनकाे भनाइ छ। ‘हामीले मगंलबारदेखि नै यसबारे निरन्तर अनुसन्धान गरिरहेका छौँ। हामीले यदि म्याच फिक्सिङ भएकाे व्यक्ति तथा कुनै प्रमाण पायौँ भने मात्र यो लिगमा म्याच फिक्सिङ भएको हो भन्न मिल्छ। बिना कुनै आधार वा पुष्टि बिना हामीले अहिले नै वास्तविक कुरा के हो भन्न मिल्ने अवस्था छैन्।’

कमेन्टेटर र खेलाडीले नै स्वयम आफैँ लिगमा म्याच फिक्सिङ भएको आंशका गरेपछि सिआइबीलाई यसबारे झन शंका पैदा भएकाे छ।

‘कमेन्टेटर सचिन तिमल्सिना र खेलाडी ज्ञानेन्द्र मल्लले प्रतियोगिताबारे बोलेको कुराले मात्र हामीले लिगमा म्याच फिक्सिङ भएको भन्न मिल्दैन। उहाँहरुले भनेको कुरालाई आधार मानेर पुष्टि गर्ने हो,’ महतले जनाए।

आइसीसी र राखेपाकाे चासो

मगंलबारदेखि सिआइबीले थालेको अनुसन्धनालाई सघाउन बुधबार साँझ आइसीसीका दुई सदस्य नेपाल आएका थिए।

म्याच फिक्सिङ भएको आशंकापछि ती दुई सदस्य आइसीसीको मुख्यालय दुबईबाट नेपाल अनगुमनका लागि आएका थिए। बुधबार आएका उनीहरु बिहिबार त्रिवि मैदानमा टि- २० लिगबारे अनुगमन गर्न गए। अनुगमनसँग सँगै उनीहरुले म्याच फिक्सिङबारे क्यानका पदाधिकारीहरुसँग चासो राखे। क्यानका पदाधिकारीहरु अनुसन्धानमा साथ दिने प्रतिबद्धता जनाएका छन्।

यता आइसीसीले प्रतियोगितमा रहेको एन्टी करप्सन ब्यूरोसँग पनि यसबारे चासो राखेको थियो। बुधबार नै आइसीसीका दुई सदस्यलले राखेपासँग यसबारे छलफल गरेको थियो। नेपालले आयोजना गरेको प्रतियोगितमा यसप्रकारको विवाद पर्नु नराम्रो हो भ  कुरामा टोलीले ध्यानआर्कषण गराएको थियो।


‘क्यानलाई बदनाम गर्न खाेज्ने गिराेह असफल भयाे’ (भिडियाे)


बुधबार आएका ती टोली म्याच फिक्सिङबारे केही प्रमाण नपाएपछि शुक्रबार स्वदेश फर्किएकाे क्यानकाे दाबी छ।

त्यस्तै राखेपाले बुधबार बेलुका छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। पाँच सदस्यीय छानबिन समितिमा कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन्।

मितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ती पाँच जनाले म्याच फिक्सिङ भएको हो वा होइन भन्नेबारे छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ।

राखेपाले पनि यस विषयमा आइसीसी र सिआइबीलाई साथ दिने जनाएको छ। मगंलबार भएको विवादपछि धेरैले क्यान पनि यसमा प्रत्यक्ष रुपमा संलग्न भएको आरोप लाएका थिए। तर, गत बुधबार क्यानले एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको शंका भए प्रमाणसँगै आउन आग्रह गरेका छन्।

त्यस्तै क्यानका एक पदाधिकारीले खेलमा कुनै म्याच फिक्सिङ नभएको र क्यानलाई बदनाम गर्नको लागि लागिपरेको गिरोह असफल भएको दाबी गरेका छन्।


नेपाल टि- २० क्रिकेट प्रकरण: के भन्छन् सीआइबी र कमेन्ट्रेटर सचिन ?

 

प्रकाशित मिति: : 2023-01-08 20:50:00

प्रतिकृया दिनुहोस्