नेहा कक्कडको फेरि बिहेको चर्चा

लोकप्रिय गायिका नेहा कक्कड कहिले उदित नारायणको छोरा आदित्यसँगको विवाहलाई लिएर चर्चामा आउँछिन् भने कहिले अन्य कलाकारलाई लिएर।

केही दिनयता उनी उद्यमान गायक रोहन प्रित सिंहसँगको विवाहलाई लिएर चर्चामा छिन्। यी दुईको बिहे २३ अक्टुबरमा हुने समाचार बाहिरिएपछि नेहाको चर्चा पुनः चुलिएको छ। यद्यपि दुबैतर्फबाट कुनै वक्तब्य बाहिर आएको छैन। 

तर, नेहाका पूर्व प्रेमी हिमांशु कोहलीले नेहालाई विवाहको अग्रिम शुभकामना दिइसकेका छन्। हिमांशुले उनीहरूको प्रेम सम्बन्धको विषयमा आफूलाई पहिले थाहा नभएको बताएका छन्। तर, उनीहरूको बिहे भए आफू खुसी हुने बताएका छन्। 

हिमांशुले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘यदी नेहाले साच्चिकै बिहे गर्न लागेकी हुन भने म निकै खुसी छु। उनी करिअरमा धेरै अगाडि बढिसकेकी छिन।’

हिमांशुसँग ब्रेकअप हुँदा नेहा इन्डियन आइडलको सेटमै रुँने गर्थिन। नेहा र हिमांशु २०१४ सम्म चार वर्ष लिभिङ रिलेसनमा थिए। दुबैले बिहे गर्ने कुरा अगाडि बढिरहेको बेला उनीहरूको ब्रेकअप भएको थियो।

प्रकाशित मिति: : 2020-10-06 19:13:48

प्रतिकृया दिनुहोस्