सुशान्त मुद्धाममा रिया चक्रवर्ती विगत एक महिनादेखि जेलमा

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा मुम्बई अदालतले अभिनेत्री रिया चक्रवर्तीलाई थप १४ दिन न्यायीक हिरासतमा राखेर सोधपुछ गर्न नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लाई स्विकृति प्रदान गरेको छ। 

रिहाले जिल्ला अदालतमा दुई पल्ट निवेदन दिएकी थिइन। जुन खारेज भएपछि उनी उच्च अदालत पुगेकी थिइन। यसलाई पनि अदालतले अस्विकृत गरेको छ। 

एनसीबीले ८ सेप्टेम्बरमा रिहालाई ड्रग्सको मुद्धामा गिरफ्तार गरेको थियो। उनी विगत एक महिनादेखि जेलमा छिन्। 

सुशान्तको निधनलाई लिएर केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले गरेको छानवीनमा रियाको फोनबाट ड्रग्सको कारोबार भएको च्याट बाहिर आएको थियो। यसपछि थप अनुसन्धानका लागि एनसीबीलाई बोलाइएको थियो। 

रिया र उनको भाई सौविकको टेलिफोन डेटाबाट ड्रग्सको थुप्रै जानकारी बाहिर आएपछि एनसीबीले एक दर्जन बढी मानिसलाई पक्राउ गरिसकेको छ। रियाको च्याटको अनुसन्धान गर्ने क्रममा एनसीबी सारा अली खान, श्रद्धा कपुर र रकुल प्रित सिंहसम्म पुगेको थियो। 

एनसीबीले ड्रग्स मुद्धामा चर्चित अभिनेत्री दीपिका पादुकोणलाई पनि सोधपुछका लागि बोलाइसकेको छ। यो मुद्धामा अन्य स्टार कलाकार पनि तानिन सक्ने सम्भावना प्रबल छ।

प्रकाशित मिति: : 2020-10-07 10:17:28

प्रतिकृया दिनुहोस्